बचतकर्ताको रकम अपचलन भएको घटनाप्रति नेकपाको ध्यानाकर्षण, सत्यतथ्य छानबिनको माग

शनिबार, माघ २७, २०८०

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले सेवाग्राहिको रकम अपचलन गरेको बिषयमा नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिम डि टु जिल्ला समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीका जिल्ला सेक्रेटरी अपिल सिले आज एक विज्ञप्ति जारी गरेर सेवाग्राहिको पैसा बैंककै जिम्मेवार कर्मचारी निरज विक्रम शाह (निराजन) ले लिएर भागेको उल्लेख गर्नुभएको छ । बैंकको शाखा कार्यालयमा अपरेशन ईन्चार्ज पदमा कार्यरत शाहले सेवाग्राहीको एक करोड बढी रकम अचलन गरेको बताईएको छ । 

बैंकको विश्वासको भरमा जनताले बचत गरेको रकम बैंककै कर्मचारीले चोरेर भाग्नु सामान्य घटना नभएको बताईएको छ । सेक्रेटरी अपिलले उक्त घटनाको सत्थतथ्य छानबिन गरेर दोषिलाई कारबाहि र सेवाग्राहीको रकम फिर्ता गर्न माग गर्नुभएको छ । 

घटनाको ढाकछोप हुन खोजेको संघर्षका कार्यक्रममा जान बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिईएको छ । 

प्रभु बैंकका अप्रेशन ईन्चार्ज शाहले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको छ । बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

जानकारी अनुसार प्रारम्भिक छानबिनको क्रममा शाहले करिब एक करोड ३५ लाख रुपियाँ अपचलन गरेको पाईएको छ । 

सम्बन्धित समाचार ...

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्