नेभिगेशन
समाज

पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीमा सोमबार बिहान पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनीका रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो । 

सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा पटाकाको छर्रा लागेर उनी गम्भीर घाइते भई बेहोस भएका थिए । घाईते कुन्दनलाई आफन्तजनले उपचारको लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले ८:४५ बजे मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । 

पटाकाको छर्राले छातीको बिचमा लागेको र छाती जलेको प्रहरीले जनाएको  छ । छातीमा छर्रा लागी गम्भीर घाइते भएका कुन्दनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज