नेभिगेशन
घटना/दुर्घटना

चौरजहारीमा अटो दुर्घटना हुँदा एक महिनाको नाबालकसहित पाँच जना घाईते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -११ खलामिरीमा अटो दुर्घटना हुँदा एक नाबालकसहित पाँच जना घाइते भएका छन् । 

सोमबार बिहान खलामिरीस्थित भित्रि सडकखण्डमा खोलागाउँ चौफाबाट चौरजहारीतर्फ आउँदै गरेको अन टेस्ट अटो दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी नगरपालिका १३ आकासे निवासी २५ वर्षीय रिमबहादुर ओलीले चलाएको अटो अनियन्त्रित भई सडक छेउको भित्तामा ठोकिएर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर चालक ओलीसहित सल्यानको दार्मा गाउँपालिका -३ भातमारे निवासी ५५ वर्षीया खिमसरा ओली, वडा नम्वर १३ देउराली टाकुरा बस्ने २७ वर्षीया दिपा शर्मा, चौरजहारी नगरपालिका -१० टाटा निवासी २८ वषीया हस्तकला बुढामगर र हस्तकलाको १ महिनाको छोरा रिहान्स बुढामगर घाइते भएका छन् । घाईतेहरुको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ । 

अस्पतालका अनुसार रिमबहादुरको बाँया हातको कुईनामा चोट लागेको छ भने खिमसरा ओलीको टाउकोमा, बाँया हातमा चोट, शरिरको विभिन्न भागमा चोट लागेको छ । त्यसैगरी दिपा शर्माको बाँया हातको पछाडि भित्रि चोट, हस्तकला बुढा मगरको बाँया हात र कुममा चोट रहेको छ भने रिहान्स बुढा मगरको शरिरको बिभिन्न भागमा भित्रि चोट रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना