नेभिगेशन
घटना/दुर्घटना

आठबिसकोट जिप दुर्घटना अपडेट : पाँच गम्भिर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार 

सोमबार दिउँसो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ नयाँडाँडामा भएको जिप दुर्घटनामा परेर गम्भिर घाईते भएका पाँच जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाईते भएका थिए । घाईते मध्य गम्भिर अवस्थाका पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लिईएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले घाईतेहरु आठबिसकोट नगरपालिका ५ निवासी १९ वर्षीया जुना कुमारी थापा, २५ वर्षीय गाडीधनि बिरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र ८ वर्षीय युवराज थापालाई हेलिकप्टरमार्फत सुर्खेत लिईएको जानकारी दिनुभयो ।  

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका ५ निवासी १० वर्षीय हरि बहादुर थापा र सोही वडाका २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ । त्यसैगरी दुर्घटनामा घाईते भएका अन्य आठ जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेहरु आठबिसकोट नगरपालिका ५ का २५ वर्षीया हिरा थापा, २ वर्षका गौरव थापा, ४ वर्षीया बिरता थापा, २३ वर्षीया सुशिला थापा यरी, २८ वर्षीया भावना थापा यरी, २७ वर्षीया खिममाया थापा, आठबिसकोट नगरपालिका २ निवासी २० वर्षीया रमिता थापा र सोही वडा निवासी १९ वर्षीया निर्मला यरीको नगर अस्पतालमा उपचार भईरहेको छ । सबैको अवस्था मध्यम रहको प्रहरीले जनाएको छ ।

आठबिसकोट ५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने सडकबाट करिब १५० मिटर तल जिप खसेर दुर्घटना भएको हो । जिप चालक आठबिसकोट नगरपालिका ४ निवासी २५ वर्षीय प्रदिप बिक फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना