नेभिगेशन
राजनीति

रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो 'हामी आउँदै छौ' अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम पश्चिममा 'हामी आउँदै छौ' अभियान सञ्चालन गरेको छ ।  

अभियानबारे पार्टीको मुसिकोट नगरपालिकास्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर जानकारी गराएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य मेनुका शाहीले रास्वपा नेतृत्वको सरकार, पार्टीले गरिरहेका गतिविधिहरु र अभियान बारेमा जानकारी गराउनुभएको थियो । 

उहाँले वर्तमान सरकारले नागरिकको स्वास्थ्य अधिकार, भूमिहिनहरुको आवास, विद्युत उत्पादन, कृषि अनुदान लगायतका बारेमा जनपक्षिय काम गरिरहेको जानकारी दिनुभयो । 

रास्वपा नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनतालाई जानकारी गराउने र जनताबाट थप सल्लाह र योजना संकलन गर्ने उद्धेश्यले  पार्टीको केन्द्रिय तहबाटै 'हामी आउँदै छौ' अभियान सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

उहाँले पार्टीको संगठन विस्तार र जनतासँग पहुँच सुदुढ गर्नको लागि याे अभियान देशभर सञ्चालन गरेको प्रष्ट पार्नुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष द्रोण खड्काले अब पालिका र वडास्तरमा पार्टीका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । 

उहाँले जनतालाई रास्वपाको नीति, योजना र काम जानकारी गराउन यो अभियान सञ्चालन गरिएकोले प्रत्येक नागरिहरु समक्ष पुग्ने योजना बनाएको जानकारी दिनुभयो । 

पार्टीका जिल्ला सचिव दिपेन्द्र बिष्टले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रम सभापति खड्काको अध्यक्षतामा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति