नेभिगेशन
घटना/दुर्घटना

आठबिसकोट जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५ नयाँडाँडामा सोमबार (आज) दिउँसो १२ बजे भएको जिप दुर्घटनाका मृतक र घाईतेको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जना मृतक र १३ जना घाईतेको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ५ निवासी १० वर्षीय हरि बहादुर थापा र सोही वडाका २९ वर्षीय लक्ष्मीराम थापा रहेका छन् । 

त्यसैगरी घाईते हुनेहरुमा सोही वडा निवासी १९ वर्षीया जुना कुमारी थापा, २५ वर्षीय गाडीधनि बिरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र ८ वर्षीय युवराज थापा रहनुभएको छ । पाँचै जनाको अवस्था गम्भिर रहेको छ । 

अन्य घाईतेहरुमा सोही वडा निवासी २५ वर्षीया हिरा थापा, २ वर्षका गौरव थापा, ४ वर्षीया बिरता थापा, २३ वर्षीया सुशिला थापा यरी, २८ वर्षीया भावना थापा यरी, २७ वर्षीया खिममाया थापा, आठबिसकोट नगरपालिका २ निवासी २० वर्षीया रमिता थापा र सोही वडा निवासी १९ वर्षीया निर्मला यरी रहनुभएको छ ।

आठबिसकोट ५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने क्रममा भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना भएको थियो । जिप व्याक गर्ने क्रममा सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाईतेहरुलाई उपचारको लागि आठबिसकोट नगर अस्पताल ल्याईएको छ । 

जिप चालक आठबिसकोट नगरपालिका ४ निवासी २५ वर्षीय प्रदिप बिक फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना