नेभिगेशन
राजनीति

नेकपा (एमाले) रुकुम पश्चिमको जिल्ला संयोजकको जिम्मेवारी घर्तीलाई

नेकपा (एमाले) रुकुम पश्चिमको जिल्ला संयोजकको जिम्मेवारी मनवीर घर्तीलाई प्रदान गरिएको छ । 

आईतबार मुसिकोटको बागबजारस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बिशेष बैठकले घर्तीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रदेश कमिटि सदस्य कर्णबहादुर ओलीले जानकारी दिनुभयो। 

उहाँका अनुसार पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटा केन्द्रिय कमिटी सदस्यमा मनोनित भएपछि जिल्ला संयोजकको जिम्मेवारीमा घर्तीलाई ल्याईएको हो । घर्ती यसअघि पार्टीको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । 

यसैगरी जिल्ला पार्टी सचिवको जिम्मेवारी पुनः शशिराम नेपालीलाई नै दिने निर्णय भएको छ । बैठकले केन्द्रिय सदस्य देवकोटालाई स्वागत तथा बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ । 

पार्टीका पूर्व पोलिटब्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यतामा भएको बिशेष बैठकमा पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज सुशिल थापा, कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह लगायतको आथित्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति