नेभिगेशन
राजनीति

रुकुम पश्चिम कांग्रेस (देउवा पक्ष) को सभापतिमा विष्ट,  महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि सर्वसम्मत

नेपाली कांग्रेस रुकुम पश्चिम (देउवा पक्ष) को जिल्ला सभापतिमा नन्दबहादुर विष्ट सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत रुकुम पश्चिममा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्टको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

देउवा पक्षको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिले मंगलबार पत्रकार सम्मेलन गरेर निर्वाचन परिणामअनुसार जिल्ला कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू सर्वसम्मत निर्वाचित भएको जानकारी दिएको हो । 

केन्द्रिय निर्वाचन प्रतिनिधि यम बहादुर केसीले जिल्ला कार्यसमितिको उपसभापतिमा विजय थापा र अमृता ओली चयन भएको जानकारी दिनुभयो । त्यसैगरी सचिवमा षडानन्द गौतम र शम्भु प्रसाद शर्मा तथा सहसचिवमा हिरालाल खत्री चयन हुनुभएको छ ।

जिल्ला निर्वाचन अधिकृत विष्णुबहादुर बुढाथोकीका अनुसार अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।खुलातर्फको महाधिवेशन प्रतिनिधिमा यमबहादुर केसी, यज्ञबहादुर विष्ट, खम्बु मल्ल, थलबहादुर खड्का, उपेन्द्र मल्ल, लालबहादुर महत, देवबहादुर ओली, शम्भु प्रसाद शर्मा, गंगाराम गौतम र विजय शाह निर्वाचित हुनुभएको छ ।

महिलातर्फ अमृता ओली, हिरा केसी, पवित्रा पाण्डे खड्का र टिका विष्ट खड्का निर्वाचित हुनुभएको छ । महाधविशेन प्रतिनिधिमा समावेशीको खस आर्य समूहबाट सूर्यप्रकाश शर्मा, टिकाराम खनाल, सरद गौतम, दिपेन्द्र विष्ट, डिलबहादुर शाही, कुसुम बुढाथोकी केसी र अञ्जना केसी बिसी निर्वाचित हुनुभएको छ ।

जनजातितर्फ राजु थापा, दलिततर्फ टेकबहादुर विक र कमला विक निर्वाचित हुनुभएको छ । युवातर्फ (१८ देखि २८ वर्ष) प्रकाश विष्ट र यशिया शाह, ४० वर्षमुनिका युवातर्फ दलबहादुर विष्ट र नैना खड्का तथा अपाङ्गता समावेशीतर्फ राजवीर शाही निर्वाचित हुनुभएको छ ।

त्यसैगरी द्वन्द्वपीडित तथा सहिद परिवारतर्फ पूर्णबहादुर खड्का र रोहित केसी, पेशागत विज्ञ तथा श्रमिकतर्फ ई. नवराज बस्नेत र केशराम ओली तथा अन्यतर्फ विजय थापा र संजय कठायत निर्वाचित हुनुभएको छ ।

१३ जना महासमिति सदस्य चयन

यसैगरी  अधिवेशनबाट १३ जना महासमिति सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।

महासमिति सदस्यमा यमबहादुर केसी, यज्ञबहादुर विष्ट, खम्बु मल्ल, थलबहादुर खड्का, उपेन्द्र मल्ल, अमृता ओली, अञ्जना केसी बिसी, विजय शाह, यशिया शाह, लालबहादुर महत, देवबहादुर ओली, ई. राजु थापा र नैना खड्का निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति