नेभिगेशन
खेल

चौरजहारीमा प्रथम एनवाईसी कप सुरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा प्रथम एनवाईसी (NYC) कप, २०८३ सुरु भएको छ । 

नाखिरा युवा क्लबले आयोजना गरेको पुरुष फुटबल प्रतियोगिता–२०८३ को एक कार्यक्रमका बिच आज चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी उद्घाटन गर्नुभएको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगितामा १४ वटा टोलीले सहभागिताका लागि दर्ता गराएको आयोजक समितिका अध्यक्ष त्रिलोचन गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख ५० हजार ५५५ रुपैयाँ र द्वितीय हुने टोलीले १ लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउन र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्