नेभिगेशन
खेल

राष्ट्रिय क्रिकेट खेलाडीद्वय सोमपाल र युनिसलाई चौरजहारीमा स्वागत

राष्ट्रिय क्रिकेट खेलाडीद्वय सोमपाल कामी र युनिस बिक्रम सिंहलाई रुकुम पश्चिमको चौरजहारीमा स्वागत तथा सम्मान गरिएको छ । 

सोमबार शीतल चौरजहारी बी-६७ र रुकुम जिल्ला क्रिकेट संघले राष्ट्रिय खेलाडीद्वय कामी र  सिंहलाई स्वागत तथा सम्मानसहित मायाको चिनो प्रदान गरेका हुन् ।  

रुकुम जिल्ला क्रिकेट संघका उपााध्यक्ष गोपाल लामिछाने, पूर्व कप्तान विवश गिरी  र शीतल चौरजहारी बी-६७ का अध्यक्ष तेज कुमार बिष्टले संयुक्त रुपमा सम्मानसहित मायाको चिनो प्रदान गर्नुभएको हो । 

शीतल चौरजहारी बी-६७ का तिलक लामिछानेले दिनुभएको जानकारी अनुसार कर्णाली याक्सका कप्तान समेत रहनुभएका कामी र कर्णाली याक्सका खेलाडी सिंहलाई दोसल्लासहित चौरजहारीमा र्‍याली गरेर सम्मान तथा स्वागत गरिएको हो ।  

शीतल चौरजहारी बी-६७ का गणेश जिएमले राष्ट्रिय खेलाडी तथा क्रिकेट क्षेत्रका गौरवहरुको उपस्थितिले सिंगो रुकुम र बिशेषगरी चौरजहारी क्षेत्रको खेलकुदमा नयाँ उत्साह जगाएको बताउनुभयो ।

उहाँले खेल क्षेत्रका चम्किला हिराहरु चौरजहारीमा आउँदा नयाँ पुस्तामा उर्जा थपिनुका साथै प्रेरणा समेत मिलेको जनाउनुभयो । 

sompal-&-unis-(2)-1792421500.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्