नेभिगेशन
समाज

रुकुमको बाँफिकोटमा बाटोमा खेलिरहेका बालकलाई ढुंगाले हानेर हत्या

हत्या आरोपी पक्राउ

रुकुम पश्चिममा एक बालकको हत्या भएको छ । 

शुक्रबार साँझ बाँफिकोट गाउँपालिका २ स्वारा निवासी बलबहादुर नाथको ६ वर्षीय छोरा रमेश नाथको हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार घर नजिकैको बाटोमा खेलिरहेका बालकलाई सोहि गाउँका ३३ वर्षीय भक्त बहादुर नाथले एक्कासी ढुंगाले टाउको हानेका थिए । 

टाउकोमा ढुंगाले हानेपछि बालकको नाक र मुखबाट रगत आएर गम्भिर घाईते भएका थिए । लगत्तै स्वास्थ्य चौकी पिपलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

हत्या आरोपी भक्तबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज