नेभिगेशन
घटना/दुर्घटना

आठविसकोटमा नगर प्रहरी चढेको मोटरसाइकलमा आगलागी

रुकुम पश्चिमको आठबिसकोटमा गुडीरहेको मोटरसाइकलमा आगलागी भएको छ ।

आज बिहान आठविसकोट नगरपालिका १४ फर्साचौर नजिक गुडिरहेको क.प्र. ०२०० ब. ००८० नम्बरको मोटरसाइकल आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरीका अनुसार आठविसकोट नगरपालिकामा कार्यरत नगर प्रहरी जवान राजेन्द्र विकले चलाएको मोटरसाइकलमा एक्कासी आगलागी भएको हो ।

फर्साचौर नजिकैको भित्रि सडकखण्डमा राडी जिउलाबाट छेपारेतर्फ जादै गर्दा उकालो चढ्ने क्रममा एक्कासि तातिन गइ मोटरसाइकल आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ भने चालको दुबै हात र खुट्टा पोलिएको छ । चालकको अवस्था सामान्य रहेको छ । आगलागिबाट क्षति पुगेको मोटरसाइकल घटनास्थलमै रहेको छ भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना