नेभिगेशन
घटना/दुर्घटना

जमारुमा विद्युत् सर्ट भएर घरमा आगलागी, १० लाखको क्षति

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ स्थित जमारुमा विद्युत् सर्ट भएर एक घरमा आगलागी भयको छ।

स्थानीय दुर्गबहादुर ओलीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरण शेर्पालीका अनुसार आगलागीबाट घरमा रहेका नगद, जिन्सी सामान, अन्नपात तथा लत्ताकपडालगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा, वडा अध्यक्ष तथा प्रहरी चौकी सोलाबाङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो । स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइए पनि घरभित्र रहेका विभिन्न सामग्री जोगाउन नसकिएको जनाइएको छ।

आगलागीबाट नगद तथा जिन्सी सामग्रीसहित करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष शेर्पालीले जानकारी दिनुभयो । आगलागीको कारण विद्युत् सर्ट भएको बताइए पनि घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना