नेभिगेशन
खेल

सानीभेरीमा सञ्चालित वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित बृहत शुद्ध वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

सानीभेरी गाउँपालिका वडा नम्बर १० घण्ठानामा गत असोज २९ गतेबाट सञ्चालन भएको पुरुष भलिबल प्रतियोगिता आईतबार सम्पन्न भएको हो । 
प्रतियोगितामा देशै भरिका वडाहरुबाट वडास्तरीय भलिबल टिम  सहभागी बनाउने लक्ष्य लिईएकोमा विभिन्न वडाका १७ टिम सहभागी भएको कार्यक्रम सञ्चालक धिरेन्द्र विक्रम समले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार उक्त प्रतियोगितामा सानीभेरी गाउँपालिका वडा नम्वर ३ को टोलिले प्रथम स्थान हात पारेको छ  । जसले नगद पुरस्कार एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  ।

त्यसैगरी बाँफिकोट गाउँपालिका वडा नम्वर ७ को टिमले  द्वितीय स्थान हाँसिल गरेको छ ।  द्वितीय स्थान प्राप्तगर्ने टिमले नगद  ५० हजा १५१ रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय स्थान हाँसिल गर्न सफल सानीभेरी गाउँपालिका वडा नम्वर ५ को टिमले नगद पुरस्कार ३०हजार १३१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । 

प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट पुरस्कार पनि प्रदान गरिएको आयोजकको भनाइ रहेको छ । 

जस अनुसार बाँफिकोट गाउँपालिका ७ का बिनोद गौतमले बेस्ट सेटर, सोहि वडाका बिनोद अधिकारीले बेस्ट ब्लकर, सानीभेरी ३ का राजु बिकले बेस्ट डिफेन्डर, सानभेरी ५ का अनिल केसीले बेस्ट सर्भर, सानीभेरी ३ का पहल गहतराजले बेस्ट प्लेयर, बाँफिकोट ७ का महेन्द्र कुमार खत्रीले बेस्ट भ्यालुअबल प्लेयर र सानीभेरी ३ का उमेश रोकाले वेष्ट टिम पुरस्कार हात पार्नुभएको छ । 

प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाले नगद तथा जिन्सि सहयोग गरिरहेका थिए । प्रतियोगिताको द्धितीय पुरस्कार सानीभेरी गाउँपालिका १० का विजय ओली र तृतीय पुरस्कार सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले सहयोग गर्नुभएको थियो ।

आयोजक संस्थाका बमकाजी शेर्पालीको अध्यक्षतामा भएको प्रतियोगताको समापन कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काको बिशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्