नेभिगेशन
खेल

शीतल चौरजहारी बि -६७, कपमा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा

उत्कृष्ट र व्यवस्थित प्रतियोगिता सम्पन्न गर्ने प्रयास

रुकुम पश्चिमको चौरजहारीमा आयोजित 'शीतल चौरजहारी बि -६७ कप खेलकुद प्रतियोगिता'मा सहभागी खेलाडीहरुको दुर्घटना बिमा गरिएको छ । 
शीतल चौरजहारी बि -६७, रुकुम पश्चिमको आयोजना कार्तिक ११ गतेदेखी हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुको लागि दुर्घटना बिमा गरिएको हो । 

प्रतियोगिता सुरु भएदेखि एक महिना सम्मको अवधिको लागि बिमा गरिएको आयोजक संस्थाका सदस्य गणशे बिएमले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख बराबरको बिमा गरिएको छ ।

खेलाडीहरुलाई चोट लागेर उपचार गर्नुपर्ने अवस्था भएमा नि:शुल्क रुपमा उपचारको व्यवस्था गर्ने हेतुले खेलाडी दुर्घटना बिमा गरिएको बिएमले जानकारी दिनुभयो । विभिन्न प्रतियोगिताहरुमा घाईते हुने खेलाडीहरुको उपचार व्यक्तिले नै बेहोर्नुपर्ने बाध्यताको अन्त्य गर्न आयोजकको तर्फबाट सानो सुरुवात गरिएको उहाँको भनाइ छ । 

यस प्रतियोगितामा मुख्य दुई विधाका खेलहरू आयोजना गरिएको छ । आयोजक संस्थाका अध्यक्ष तेज बिष्टका अनुसार खुला नकआउट फुटबल प्रतियोगिता र खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जानकारी दिनुभयो। फुटबलमा विजेता हुने टोलीको लागि दुई लाख ३० हजार १६७, उप विजेता हुनेको लागि एक लाख ३० हजार १६७ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । 

यसैगरी खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने खेलाडी वा जोडीले नगद २५ हजार र द्वितीय हुनेले नगद १५ हजार पुरस्कार पाउनेछन् । यस विधामा सेमिफाइनलसम्म पुग्ने खेलाडीहरूका लागि पनि नगद पाँच हजार व्यवस्था गरिएको छ। 

प्रतियोगिता कार्तिक ११ गते उद्घाटन भएर सोहि दिनदेखि नै सञ्चालन हुने छ । स्थानीय स्तरमा खेलकुदको विकास र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले  'खेलकुदले जोड्छ हाम्रो समाजलाई' भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको छ। 

पश्चिम क्षेत्रको पहाडी भूगोलमै उत्कृष्ट र व्यवस्थित प्रतियोगिता आयोजना गर्ने प्रयास रहेको आयोजकको दाबि रहेको छ । प्रतियोगितामा एन्फा राष्ट्रिय रेफ्रीको सहभागिता रहनेछ । 

चौरजहारीमा 'शीतल चौरजहारी बि-६७ कप' खेलकुद प्रतियोगिता हुँदै

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्