नेभिगेशन
घटना/दुर्घटना

दुई बालिका घर नजिकैको जंगलमा मृत फेला

दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया बालिका घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन्।

दुवै जना झुण्डिएर मृत रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतक दुवै बालिका नाताले दिदीबहिनी पर्ने जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलले जानकारी दिनुभयो।

उहाँका अनुसार दुबै बालिका गएराति एउटै घरमा बसेका थिए। राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही टाढा रहेको जंगलमा मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना