नेभिगेशन
राष्ट्रिय

मूलपाटी अनलाइन मूल सञ्चार माध्यामका रुपमा स्थापित भएको छ : गोपाल शर्मा

प्रतिनिधिसभा सदस्य गोपाल शर्माले मूलबाटो मिडिया प्रा.लि.द्वारा सञ्चालित मूलपाटी डटकम अनलाइनले राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गरेको बताउनु भएको छ ।

रुकुम केन्द्रबिन्दु राखेर डिजिटल माध्यामबाट आम सञ्चारको धर्ममा निरन्तर सक्रिय यस अनलाईनले जिल्लाको मूल सञ्चार माध्याम भए जस्तै राष्ट्रिय रुपमै अग्रभागमा स्थापित हुने क्रममा रहेको जनाउनुभयो । मूलपाटी डटकमको पाँचौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना ज्ञापन गर्नुहुँदै शर्माले यस्तो बताउनुभएको हो । 

उहाँले मुलपाटी डटकमले पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 

भौगोलिक विकटता, विद्युत तथा सञ्चार प्रविधिजन्य सेवाको सिमितता, आधुनिक प्रविधिको दुरुपयोगले फैलाउने मिथ्या सूचना, राजनीतिक दृष्टिकोणले लगाउने आरोप, जनशक्तिको अभाव लगायतका तमाम् समस्या र चुनौतीहरु चिर्दै पाठकहरुको विश्वास कायम गर्न सफल हुनु नै मूलपाटीले पत्रकारिताको धर्म सहि रुपले निभाईरहेको प्रस्ट हुने बताउनुभयो । 

रुकुम र समग्र कर्णाली आसपासका समाचारजन्य घटना र गतिविधिहरुको पुष्ट्याईको लागि पाठकले रोज्ने मूलपाटी अनलाईन अब देशव्यापी बन्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितामार्फत समाजको आवाज बुलन्द गर्दै सुशासन, पारदर्शिता र सकारात्मक परिवर्तनका लागि मूलपाटी डटकमले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताउनुभयो । मूलपाटीको आगामी यात्रा थप सफल, विश्वसनीय र उपलब्धिमूलक बनाउन विगतको समिक्षा र वर्तमानको योजना र भविष्यको कार्यान्वयन तथा सक्रियतालाई मध्यनजर गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय