नेभिगेशन
घटना/दुर्घटना

रुकुमको सिम्लीबाट नेपालगंज जाँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा ६ यात्रु घाईते

रुकुम पश्चिमको सानीभेरी गाँउपालिका सिम्लीबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । 

सल्लीबजार चौरजहारी सडकखण्ड अन्तर्गत सल्यानको कुमाख गाँपालिका २ खारखोलामा सोमबार दिउँसो लु.प्र.००१ ज ०८७८ नम्वरको फोर्स दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटना परेर छ जना यात्रु घाईते भएका छन् । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ९ बस्ने बर्ष २१ वर्षीय रुपक डाँगी पनि सामान्य घाईते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ बस्ने २८ वर्षीया सुनिता बुढा, सानीभेरी गाँउपालिका ८ बस्ने ४४ वर्षीया रती बुढाथोकी, जाजरकोटको बारेकोट गाउँपालिका ६ बस्ने २० वर्षीया बिमला नेपाली, सोही गाउँकी २० वर्षीया उजेरी सिंह, नलगाड नलगाड नगरपालिका १० निवासी २१ वर्षीया मिना सुनार घाईते भएकाछन् ।

घाईते मध्य एक जनाको नामथर र ठेगाना खुल्न बाँकि रहको छ । सबै घाईतेको अवस्था मध्यम रहेको छ । 

गाडी  सडकबाट करिब १५० मिटर तल खसेको छ । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी चौरजहारी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना