नेभिगेशन
राष्ट्रिय

जनताका समस्या र सवाल सरोकारवालासम्म पुर्‍याउन मूलपाटीले प्रशंसनिय भूमिका निर्वाह गरेकाे छ : नगर प्रमुख वादी

मूलपाटी डटकम अनलाइन पाँचौँ वर्ष पूरा भई छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ। 

समाजका आवाजलाई बुलन्द गर्दै जनताका समस्या, सवाल र सरोकारलाई सम्बन्धित निकायसम्म पुर्‍याउन मूलपाटीले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दछौँ। आगामी दिनमा पनि सत्य, निष्पक्षता, जनउत्तरदायित्व र सुशासनका पक्षमा अझ सशक्त रूपमा अघि बढ्दै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

यस यात्रामा मूलपाटीबाट भएका राम्रा कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, विश्वसनीय र जनउत्तरदायी बन्नका लागि देखिएका कमजोरी, सुधार गर्नुपर्ने पक्ष, सल्लाह, सुझाव तथा गुनासाहरूलाई पनि खुला हृदयले स्वागत गर्दछौँ।

चौरजहारी नगरपालिकाको तर्फबाट यहाँहरूका रचनात्मक सुझाव, आलोचना र गुनासालाई सकारात्मक रूपमा ग्रहण गर्दै आपसी सहकार्य, समन्वय र सुधारको यात्रामा सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

पाँच वर्षको अनुभव, छैटौँ वर्षको नयाँ उत्साहका साथ मूलपाटीको यात्रा अझ सफल, निष्पक्ष, विश्वसनीय र जनमुखी बनोस्। कलम सधैँ सत्यका पक्षमा चलिरहोस्, आवाज सधैँ जनताका लागि उठिरहोस् र यात्राले सधैँ समाजको हितमा योगदान दिइरहोस्। मूलपाटी परिवारलाई छैटौँ वर्ष प्रवेशको हार्दिक मंगलमय शुभकामना ।

पुष्प वादी 
नगर प्रमुख 
चौरजहारी नगरपालिका, रुकुम पश्चिम ।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय