नेभिगेशन
राष्ट्रिय

जनताको आवाज बुलन्द गर्न मूलपाटीले खेलेको भूमिका प्रशंसनीय छ : उपाध्यक्ष केसी

रुकुम पश्चिममा मुख्य कार्यालय रहेको मूलबाटो मिडिया प्रा.लि.द्वारा सञ्चालित मूलपाटी डटकमले पाँच वर्षको गौरवमय प्रकाशन यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा सम्पूर्ण मूलपाटी परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

पाँच वर्षको यात्रामा रुकुम पश्चिमका सामाजिक विषयवस्तु, जनसरोकारका सवाल तथा स्थानीय समस्या र सम्भावनालाई उजागर गर्दै जनताको आवाज बुलन्द गर्न मूलपाटी डटकमले खेलेको भूमिका प्रशंसनीय छ ।

आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाज रूपान्तरण, सुशासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर क्रियाशील रहँदै थप उचाइ हासिल गर्न सफल होस्, शुभकामना ।

लक्ष्मण केसी
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय