नेभिगेशन
समाज

प्रतिनिधि सभा सदस्य गोपाल शर्मा समक्ष बालकल्याण माविका ६ माग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -६ झुल्खेतमा रहेको बालकल्याण माध्यमिक बिद्यालयले प्रतिनिधि सभा सदस्य गोपाल शर्मा समक्ष विभिन्न योजनाहरु समेटेर माग पत्र पेश गरेको छ । 

स्थापना कालदेखि नै त्यस क्षेत्रका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको उल्लेख गर्दै विद्यालयको भौतिक व्यवस्थापन र पठनपाठनमा कठिनाई भईरहेकोले विभिन्न ६ वटा माग राखिएको बिद्यालयले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक सुन्दरलाल बुढाथोकीले तत्काल अत्यावश्यक रहेका मागहरु समाधानको अपेक्षासहित निवेदन गरिएको जानकारी दिनुभयो । 

प्रधानाध्यापक बुढाथोकीका अनुसार दश कोठे पक्कि भवन, खानेपानी फिल्टरसहितको ट्याक्टी र धारा, आधुनिक प्रविधिको शौचालय, विद्यालयको चारैतिर मेसिनरी वाल, प्रत्येक कक्षामा स्मार्टबोर्ड र कम्प्युटर सहितको आईसिटी ल्याब र सभाहलको योजना माग गरेको बताउनुभयो । 

मागहरु उपर आवश्यक पहलकदमी लिने प्रतिनिधि सभा सदस्य गोपाल शर्माले बताउनुभयो । उहाँले केहि मागहरु पुरा गर्न प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले आफू पदमा रहँदासम्म जिल्लाका तमाम् समस्या समाधान र माग सम्बोधनका लागि निरन्तर पहल गर्ने बताउनुभयो । 

शर्माले विद्यालयको समग्र विकास र प्राविधिक धार सञ्चालनका लागि बृहत अध्ययन र योजना आवश्यक रहेकोले त्यतातर्फ लाग्न समेत अनुरोध गर्नुभयो । 

यस अवसरमा उहाँले बालबालिकाहरुसँग पठनपाठनको अवस्थाको बारेमा समेत अन्तरक्रिया गर्नुभएको थियो । यस विद्यालयमा हाल चार सय विद्यार्थीहरु अध्ययनरत छन् । 

IMG_0902-1791479069.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज