नेभिगेशन
समाज

अमेरिका जाँदा लागेको ऋण तिर्न मलेसिया पुगेका एक रुकुमेली युवाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका -२ का एक युवाको मलेसियामा मृत्यु भएको छ । पिपल गाउँमा ३२ वर्षीय लोकबहादुर खत्रीको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

बाँफिकोट गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार एक साता अघि ड्युटी जाने क्रममा दुर्घटनामा परेर खत्री गम्भिर घाईते हुनुभएको थियो । गाडीले ठक्कर दिँदा उहाँको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो । 

मलेसियाको केलाङ अस्पतालको आईसियुमा उपचाररत उहाँको आज निधन भएको खबर आएको हो ।

खत्री अघि तल्लोबाटो हुँदै अमेरिका पुग्नु भएको थियो । अमेरिकी सरकारले उहाँलाई फर्काईदिएपछि दुई महिना अघि मात्र मलेसिया जानुभएको थियो ।

अमेरिका जाँदा लागेको  ऋण तिर्न र परिवार पाल्नको लागि परदेश गएको बेला उहाँ दुर्घटनामा पर्नुभएको थियो । खत्रीको घरमा बुवा, आमा, एक छोरी, एक छोरा र श्रीमती रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्