नेभिगेशन
राष्ट्रिय

मूलपाटीले कर्णालीको विकास, समृद्धि र सम्भावनालाई उजागर गरिरहेकाे छ : मन्त्री रोका

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले मूलपाटी डटकम अनलाइनले कर्णालीको विकास, समृद्धि र सम्भावनालाई थप उजागर गर्नुपर्ने बताउनुभएको छ ।

मूलपाटी डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा आज बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री रोकाले लोकतन्त्रको सुदृढीकरण, सुशासन, पारदर्शिता र जनताका आवाजलाई बुलन्द बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाँले मूलपाटी डटकम अनलाइनको प्रगतीको लागि शुभकामना दिनुहुँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन तथा कर्णालीको विकास, समृद्धि र सम्भावनालाई उजागर गर्न मूलपाटी अनलाइनले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री रोकाले मूलपाटी अनलाइनलाई पाँचौँ वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना :

रुकुम पश्चिमबाट सञ्चालित मूलपाटी अनलाइनले पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सञ्चार संस्थाको उत्तरोत्तर प्रगति, सफलताको शुभकामना व्यक्त गर्दछु।
लोकतन्त्रको सुदृढीकरण, सुशासन, पारदर्शिता र जनताका आवाजलाई बुलन्द बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन तथा कर्णालीको विकास, समृद्धि र सम्भावनालाई उजागर गर्न मूलपाटी अनलाइनले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।
पत्रकारिताको व्यावसायिक मर्यादा र जनउत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर अघि बढ्न सफल होस्। पाँचौँ वार्षिकोत्सव तथा छैटौँ वर्ष प्रवेशको अवसरमा मूलपाटी अनलाइनको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

मिलन खड्का रोका
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री
कर्णाली प्रदेश सरकार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय