नेभिगेशन
राष्ट्रिय

जनतालाई सुसूचित बनाउन मूलपाटीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : प्रदेश सभा सदस्य मल्ल

कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लले मूलपाटी डटकम अनलाईनले जनतालाई सुसूचित बनाउन  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभएको छ । 

मूलपाटी डटकमको वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिनुहुँदै उहाँले मूलपाटी रुकुम जिल्लाको मात्र नभई समग्र कर्णाली र देशको सूचना र समाचारको यात्रामा सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले स्थापित मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै समाजको सकारात्मक परिवर्तन, जनउत्तरदायी शासन व्यवस्था र समृद्ध समाज निर्माणका लागि मूलपाटीको यात्रा अझ प्रभावकारी, विश्वसनीय र उपलब्धिमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । 

प्रदेश सभा सदस्य मल्लले दिनुभएको बधाई तथा शुभकामना :

रुकुम पश्चिमबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम मूलपाटी डटकम पाँच वर्षको सफल यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा मूलपाटी परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

लोकतन्त्रको सुदृढीकरण, नागरिकको सुसूचित हुने अधिकारको संरक्षण, सुशासन, पारदर्शिता तथा सामाजिक रूपान्तरणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ। यस यात्रामा मूलपाटीले सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई आत्मसात् गर्दै जनताका आवाज, स्थानीय सवाल रुकुम पश्चिम मात्रै नभइ बिशेष विषयबस्तुमा समग्र क्षेत्रको जनतालाइ सुसुचित बनाउन मूलपाटीले महत्त्वपूर्ण भुमिका खेलेको छ । यसले अझै कर्णाली प्रदेशका सम्भावना र चुनौतीहरूलाई उजागर गर्न थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।

आगामी दिनमा पनि पत्रकारिताका स्थापित मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै समाजको सकारात्मक परिवर्तन, जनउत्तरदायी शासन व्यवस्था र समृद्ध समाज निर्माणका लागि मूलपाटीको यात्रा अझ प्रभावकारी, विश्वसनीय र उपलब्धिमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

मूलपाटी डटकमको उत्तरोत्तर प्रगति, निरन्तर सफलता तथा सम्पूर्ण सञ्चारकर्मीहरूको व्यावसायिक उन्नति र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

तुलसा मल्ल
कर्णाली प्रदेश सभा सदस्य

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय