नेभिगेशन
समाज

उपचारका लागि गएकी बिरामीको गोप्य अंग चलाएकाे आरोपमा क्लिनिक सञ्चालक पक्राउ

उपचारका लागि पोलिक्लिनिक पुगेकी एक बिरामीको गोप्य अंग छोएको तथा चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले करणीसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ।

घटना नेपालगञ्जको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा स्वास्थ्य उपचारका लागि गएकी बिरामीसँग सम्बन्धित भिडियो विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएको विषयमा पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी दरखास्त परेको थियो।

जाहेरीपछि प्रहरीले अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका–११ निवासी ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थापा पोलिक्लिनिकका सञ्चालक समेत हुन्।

प्रहरीले थापालाई नेपाल मेडिकल काउन्सिलको ‘Code of Ethics and Professional Conduct, 2017’ मा भएको व्यवस्थाविपरीत स्वास्थ्य उपचारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीको प्रेस विज्ञप्तिअनुसार थापासँग उपचार गर्ने इजाजतपत्र नभएको र CMA प्रमाणपत्र मात्र प्राप्त गरेको उल्लेख गरिएको छ।

घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। 

836635592_1809657377048707_8294425054664901869_n-1791131330.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्