नेभिगेशन
राष्ट्रिय

मूलपाटी डटकमले सञ्चार जगतमा छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ : मन्त्री खड्का

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले मूलपाटी डटकमले सञ्चार जगतमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको बताउनुभएको छ । 

उहाँले स्थापनाकालदेखि नै मूलपाटी डटकमले व्यावसायिक पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताको परिधिभित्र रही मुलुकको सामाजिक आर्थिक रूपान्तरण, जनचेतना अभिवृद्धि र विकृति विसङ्गतिका विरुद्ध आवाज मुखरित गर्न निर्वाह गरेको भूमिका स्रहानिय भएको समेत उल्लेख गर्नुभएको छ।

मूलपाटी डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मन्त्री खड्काले राज्यले अघि सारेका विकास, समृद्धि र सुशासनका लक्ष्यहरूलाई हाँसिल गर्न सञ्चार क्षेत्रको रचनात्मक सहकार्य अपरिहार्य भएको बताउनुभएको छ। उहाँले आगामी दिनहरूमा पनि मूलपाटी डटकमले समाजका यथार्थपरक विषयवस्तुलाई उजागर गर्दै अझ बढी निष्पक्ष, वस्तुनिष्ठ, विश्वसनीय र खोजमूलक समाचार सामग्रीका माध्यमबाट नागरिकको सुसूचित हुने संवैधानिक हकको सम्मान गर्नेछ भनेर विश्वास व्यक्त गर्नुभएको छ।

मन्त्री खड्काले सञ्चार जगत्‌मा मूलपाटी डटकमले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरता र थप व्यावसायिक उचाइको लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

मन्त्री खड्काले दिनुभएको शुभकामना सन्देश :

मूलपाटी डटकम आफ्नो स्थापनाको ५ वर्ष सफलतापूर्वक पूरा गरी ६ वर्षमा प्रवेश गरेको यस गौरवमय एवं सुखद अवसरमा मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट यस अनलाइन पत्रिकाका आदरणीय प्रकाशक, सम्पादक, पत्रकार मित्रहरू, प्राविधिक एवं व्यवस्थापकीय टोलीका साथै समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

सञ्चार जगत् राज्यको चौथो अङ्ग मात्र नभई लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनको बलियो हिमायती पनि हो। वर्तमान सूचना प्रविधिको युगमा डिजिटल सञ्चार माध्यमको भूमिका अझ बढी संवेदनशील र महत्त्वपूर्ण बनेको छ। स्थापनाकालदेखि नै मूलपाटी डटकमले व्यावसायिक पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताको परिधिभित्र रही मुलुकको सामाजिक-आर्थिक रूपान्तरण, जनचेतना अभिवृद्धि र विकृति-विसङ्गतिका विरुद्ध आवाज मुखरित गर्न निर्वाह गरेको भूमिका सराहनीय छ।

राज्यले अघि सारेका विकास, समृद्धि र सुशासनका लक्ष्यहरूलाई हासिल गर्न सञ्चार क्षेत्रको रचनात्मक सहकार्य अपरिहार्य रहन्छ। आगामी दिनहरूमा पनि मूलपाटी डटकमले समाजका यथार्थपरक विषयवस्तुलाई उजागर गर्दै अझ बढी निष्पक्ष, वस्तुनिष्ठ, विश्वसनीय र खोजमूलक समाचार सामग्रीका माध्यमबाट नागरिकको सुसूचित हुने संवैधानिक हकको सम्मान गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु।

अन्तमा, सञ्चार जगत्‌मा मूलपाटी डटकमले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल रहोस् भन्दै यसको निरन्तरता र थप व्यावसायिक उचाइको हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।
मा. कल्याणी खड्का
मन्त्री
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
कर्णाली प्रदेश सरकार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय