नेभिगेशन
राष्ट्रिय

भोटेकोशी बाढीकाे कारण विद्युतका दुई सयभन्दा बढी कर्मचारी बेपत्ता

भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

चिलिमे जलविद्युत आयोजनाका १५, २० जना, रसुवागढीका १०० भन्दा बढी र थ्री ए पावर हाउसका ४०, ४५ जना कर्मचारी सम्पर्कमा नआएको प्राधिकरणका  निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो । 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार जलविद्युत आयोजनको सुरुङ्गमार्ग (टनेल) मा थुनिएका कर्मचारी तथा मजदूरको अवस्था अज्ञात छ । टनेलमा छिर्नसक्ने अवस्था छैन । छिर्ने स्थान र कुन ठाउँमा के छ भन्ने निश्चित छैन । एक्सकाभेटरबाट पनि लेदो हटाउन सम्भव छैन । प्वाल पारेर अक्सिजन आपूर्ति गर्ने प्रयास गरिएको छ ।

नेविप्राको उच्चस्तरीय टोलीले सुरक्षा निकायसँगको समन्वयमा आफ्ना कर्मचारी र सर्वसाधारणको  खोजी तथा उद्दार कार्य जारी राखेको छ । उहाँले हवाई उद्दारका लागि हेलिकप्टर पठाउँने तयारी गरेकाे बताउनुभयाे ।

गुगल म्याप जारी गरिएको छ । बाढी पुनः आउनसक्ने भएकोले सर्वसाधारण र उद्दारमा खटिएका साथीहरुलाई सतर्क रहन उहाँले अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय