नेभिगेशन
कला/संस्कृती/धर्म

सर्जक अमरराज पुनलाई क्वालिटी अवार्ड प्रदान

रुकुम पश्चिम निवासी सर्जक अमरराज पुनले ूपाँचौं क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड, २०२६ू जित्नु भएको छ । 

पाँचौं क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड, २०२६ अन्तर्गत लोक तथा दोहोरी गीततर्फ गीतकारको अवार्ड पुनले जित्नुभएको हो । 
आइतबार काठमाडौँको नाचघर जमलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पुनले ुदशैं तिहारुको गीतबाट गीतकारको अवार्ड जित्नुभएको हो ।

अवार्डका लागि मनोनयनमा परेको उक्त गीतले भोट र निर्णायकको निर्णयबाट अवार्ड जितेको पुनले जानकारी दिनुभयो । उहाँले गीतकारका रूपमा मनोनयनमा परेका अन्य दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।
पहिलोपटक आफूले संगीत गरेको लोकदोहोरी तर्फको विधामा मनोनयनमा पर्दै अवार्ड जित्न सफल भएपछि गीत संगीतमा थप उर्जा मिलेको पुनको भनाइ छ।
‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नारासहित क्वालिटी फिल्मस् प्रालिले पाँचौँ संस्करणको अवार्ड वितरण दसैँको घटस्थापनाका दिन वितरण गरेको हो।

यसपटक अवार्डका लागि गीत–संगीत, म्युजिक भिडियो, मोडल, छायाङकार, सम्पादक, निर्देशक, शृङ्गार लगायत विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको थियो । मनोनयन सूची सार्वजनिक भएसँगै अवार्डको लागि खल्ती एप मार्फत भोटिङ सुरु गरेर विजेता सर्जकलाई अवार्ड वितरण गरिएको क्वालिटी फिल्मस् प्रालिका अध्यक्ष उमेश गुरुङले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृती/धर्म