नेभिगेशन
राजनीति

रुकुममा कांग्रेस र एमालेका पाँच कार्यकर्ता नेकपामा प्रवेश

रुकुम पश्चिमको आठविसकोट नगरपालिका १२ का पाँच जनाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)  मा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका दुई जना र नेकपा (एमाले) का तीन कार्यकर्ता रहेका छन् । 

नेपाली कांग्रेसबाट जोखबहादुर पुन र अर्जुन पुनले पार्टी त्यागेर नेकपा प्रवेश गर्नु भएको हो । त्यसैगरी नेकपा (एमाले) का कार्यकर्ताहरु धनजीत पुन, नविन पुन, धन बहादुर पुनले पनि एमाले परित्याग गरेर नेकपामा प्रवेश गर्नुभएको छ । 

आज आठबिसकोट नगरपालिका १२ मा भएको चुनावी अभियान अन्तर्गतको जनभेटघाट कार्यक्रममा उहाँहरुले नेकपामा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेकपा रुकुम पश्चिमबाट प्रत्यक्षका उम्मेदवार गोपाल शर्मा, नेताहरु वसन्त शर्मा, महेन्द्र केसी लगायतले स्वागत गर्नुभएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति