नेभिगेशन
समाज

आठबिसकोटमा नायब पशु सेवा प्राविधिक पदमा कार्यरत यरीको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -२ स्याला निवासी २६ वर्षीय धनबहादुर यरीको उपचारको क्रममा मृत्यु भएको छ । 

आठबिसकोट नगरपालिका वडा नम्वर २ मा नायब पशु सेवा प्राविधिक पदमा कार्यरत यरीको आईतबार बिहान मृत्यु भएको हो । 

आठबिसकोट नगरपालिकाका पशु सेवा प्राविधिक यज्ञ थापाले दिनुभएको जानकारीअनुसार शनिबार दिउँसो घरको सिढीबाट लडेर घाईते हुनुभएका यरीको उपचारको क्रममा आईतबार बिहान नेपालगञ्जमा मृत्यु भएको हो । 

लडेर घाईते हुनुभएका यरीको टाउकोमा चोट लागेको थियो । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको थियो । नेपालगंजमा उपचारको लागि अस्पताल भर्ना गरिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए । 

पशु सेवा प्राविधिक थापाले कृषकको सेवा र पशु स्वास्थ्यको क्षेत्रमा समर्पित होनहार कर्मचारी गुमाएको बताउनुभयो । सेवाग्राहीहरुको सेवामा निरन्तर सक्रिय यरी सहयोगी, मिलनसार र समन्वयकारी हुनुहुन्थ्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज