नेभिगेशन
राजनीति

गोपाल शर्मालाई मन्त्री बनाउने प्रचण्डको प्रतिबद्धता

सोलाबाङ र सल्लेबाट रुकुमकोट जोड्ने सडक कालोपत्रे गर्न बजेटको व्यवस्था गरिने

पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता गोपाल शर्मालाई क्याबिने मन्त्रीको रुपमा सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङ गाउँमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले पार्टीको तर्फबाट रुकुम पश्चिमबाट उम्मेदवार रहनुभएका गोपाल शर्मा अनललाई अत्याधिक बहुमतले विजयी गराउन अनुरोध गर्नुभयो ।

शर्मालाई जिताएर पठाएमा आगामी क्याबिनेटमा मन्त्री बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले गोपाल शर्मालाई अत्याधिक मतका साथ विजयी गराएर नयाँ रेकर्ड बनाउन समेत आग्रह गर्नुभयो । 

प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । रुकुम पूर्वमा एक चरणको जनभेटघाट पुरा गरेर रुकुम पश्चिम आउनु भएका उहाँले आज छिङ गाउँका मतदाताहरुसँग भेट गर्नुभएको हो । 

यस क्रममा उहाँले सोलाबाङ र सल्लेबाट रुकुम पूर्व जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे कामा पुरा सहयोग रहने बताउनुभयो । जसको लागि केन्द्र र प्रदेशबाट बजेट व्यवस्थ गर्ने उहाँको भनाइ छ । 

उहाँले पार्टीलाई विभाजन गर्ने कोशिस हुँदा पनि रुकुमका जनता र कार्यकर्ताको कारण पार्टी एकढिक्का रहेको बताउनुभयो । सम्बोधनका क्रममा प्रचण्डले रुकुम क्रान्ति र शान्ती प्रक्रियाको महत्वपूर्ण भूमि रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

यस क्रममा उहाँले सहिद परिवारहरुसँग समेत अन्तरक्रिया गर्नुभएको छ । यस क्रममा विकासको नयाँ संकल्पका साथ पार्टी लोगको र देशभर उत्साहजनक लहर आएको उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्