नेभिगेशन
राजनीति

खारामा नेकपाको उत्साहपूर्ण जनभेटघाट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।

शनिबार गाउँपालिकाको वडा नम्वर ३, ५ र ६ मा नेकपाले घरदैलो तथा जनभेटघाट सम्पन्न गरेको जनाएको छ । 

प्रतिनिधी सभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्मा, समानुपातिक तर्फका उम्मेदवार झक्कुप्रसाद घर्ती समेतको टोलीले जनभेटघाट गरेको हो । 

उम्मेदवार शर्माले जनभेटघाट कार्यक्रमको २४ औँ दिन त्रिवेणि गाउँपालिका वडा नम्वर ३, ५ र ६ मा पर्ने जिवाङ, खारा लगायतका टोलमा जनभेटघाट सम्पन्न गरेको जनाउनुभयो । उहाँका अनुसार जनभेटघाट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। 

तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धको बेला आक्रमण, आगजनी, सामुहिक हत्या काण्ड समेतको पीडा बेहोरेको खारा ऐतिहाँसिक ठाउँ हो । खारामा सहिद परिवार, घाईते कार्यकर्ता र परिवारको तर्फबाट भब्य स्वागत भएको नेकपाले जनाएको छ । भेटघाटका क्रममा पार्टीको एजेण्डा प्रस्तुत गर्दै जिल्लाको विकास र कम्युनिष्ट विरासत जोगाईराख्ने प्रतिबद्धता उम्मेदवाहरुले राख्नु भएको छ । 

जनभेटघाटको क्रममा कार्यकर्ताहरुको सुझाव तथा मागहरुको सुनुवाइ गर्दै पार्टीका चुनावी एजेण्डाहरु माथि छलफल समेत हुने गरेको बताईएको छ । 
नेकपाले जनभेटघाटबाट कार्यकर्ताहरुमा उत्साह चुनावी लहर ल्याएको उल्लेख गरेको छ । 

635531270_26494175526856163_5975891652741705162_n-1771087622.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्