नेभिगेशन
राजनीति

आठबिसकोटका दुर्गम वडामा मत माग्दै जनार्दन

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोप) का नेता जनार्दन शर्मा 'प्रभाकर' लगायतको चुनावी टोली आठबिसकोट नगरपालिकाको वडा नम्वर १ र २ मा पुगेको छ । 

शनिबार वडा नम्वर १ को रोकाजाखेत र वडा नम्वर २ को स्यालागाउँमा घरदैलो कार्यक्रम तथा अन्तरक्रिया गर्दै शर्माले मत माग्नु भएको हो । 

शर्मा आँखा चुनाव चिन्ह लिएर प्रतिनिधीसभा सदस्यको निर्वाचनमा होमिनु भएको छ । प्रलोपासँग चुनावी गठबन्धन गरेको नेकपा (एमाले)का नेता कार्यकर्ताहरु समेत मत माग्दै शर्माको चुनावी अभियानमा साथ दिईरहेका छन् । 

आठबिसकोटको दुर्गममा रहेका वडाहरुमा चुनावी अभियान गर्दै गर्दा उत्साहजनक सहभागी रहेको एमालेका युवा नेता लालबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जनभेटघाटको क्रममा मतदाताहरुको सुझाव तथा मागहरु संकलन गर्दै उम्मेदवार शर्माले आफ्ना चुनावी एजेन्डाहरु जानकारी गराउनुभएको छ ।

केहि दिनदेखि आठबिसकोटका विभिन्न वडामा चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रम गरिरहनु शर्मा शर्माले विगतमा पुरा गर्न बाँकि रहेका विकासका कार्यहरु पुरा गर्ने, आर्थिक समृद्धि हाँसिल गर्ने, राष्ट्रिय एकता बलियो बनाउने लगायतका प्रतिबद्धताहरु मतदाता माझ राखिरहनुभएको छ । 

eebba00a-98ee-4ac1-8db5-d36f5a817e9b-1771086024.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्