नेभिगेशन
राजनीति

सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड

कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीले सुशासन र समयमै योजना कार्यान्वयनमा जोड दिनुभएको छ ।

गृह जिल्ला रुकुम पश्चिममा भएका विभिन्न कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले जनमैत्री सेवा प्रवाह र तोकिएको समयमा विकास निर्माण हुनुपर्नेमा जोड दिनुभएको हो । 

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न कार्यालयका प्रमुखहरुसँगको छलफल र नेपाल पत्रकार महासंघल गरेको पत्रकारहरु भेटघाट कार्यक्रमममा प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री खड्काले जनतालाई संघीयताको अनुभूति हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

Kalyani-khadka-1790853161.jpegकानूनको अक्षरस कार्यान्वयन गरेर कार्यालयको बेरुजु शून्यमा पु¥याउन अहम् भूमिका खेल्न उहाँले कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभयो । जनताका मागहरु राजनीतिक आग्रह र पूर्वाग्रहबाट नहेरेर सम्बोधन गरिनुपर्नेमा जोड दिनुहुँदै मन्त्री खड्काले विकास योजनामा बिचौलियाहरुको हाबी हुने गलत कदम अन्त्य गर्नुपर्ने बताउनुभयो । 

उहाँले सरकारी जमिनको अतिक्रमण रोक्नुपर्ने र सामुदायिक वन क्षेत्रमा बन्ने अवैध संरचनाहरु हटाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले सरकारी कार्यालयले गरेका असल अभ्यासहरु सार्वजनिक गर्दै राम्रोलाई प्रोत्साहन र नराम्रोलाई कारबाहीको भागिदार बनाउनुपर्ने बताउनुभयो । यसका साथै उहाँले कार्यालयको प्रगति विवरण तथ्यांकमा देखिनुपर्ने बताउनुभयो ।

भूकम्पपछिको पुननिर्माणमा बिशेष ध्यान दिन आग्रह गर्नुहुँदै उहाँले प्राकृतिक जलवायु परिवर्तनको बिषयमा समेत गम्भीर हुनुपर्ने र सोही अनुसारको योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री खड्काले विकासका लागि असार महिना नै कुर्नपर्ने गलत अभ्यासलाई चिरेर माघ भित्रै योजना कार्यान्वयन गर्नेगरी काम सुरु गर्न निर्देशन दिनुभयो । 

Milan-khadka1-1790853162.jpeg
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले सरकारले ल्याएका नीति, योजना र बजेटको सहि र प्रभावकारी कार्यान्वनका लागि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्राविधिक र योजना कार्यान्वयनको ज्ञान तथा शैली कर्मचारीहरुसँगै हुने भएकोले परिणाममुखी कामका लागि उहाँले आग्रह गर्नुभयो । कर्णालीको समृद्धि, आर्थिक सशक्तिकरण र दिगो विकासका क्षेत्रमा काम गर्न सकारात्मक सोच र असल गति हुुनुपर्ने उहाँको भनाइ छ । 

सरकारको सफलता र असफलताको जस कर्मचारीहरुलाई नै जाने भएकोले उच्च मनोबल, अभूतपूर्व सक्रियता र निश्वार्थ भावका साथ काममा लाग्न मन्त्री रोकाले निर्देशन गर्नुभयो । कर्मचारीले असल र जनमुखी भावनाका साथ गरेका काममा जनप्रतिनिधिहरु साथमै रहने उहाँको भनाइ छ ।

योजनामा बजेटको मात्र व्यवस्था समस्या नभई भएको बजेटको सहि कार्यान्वय पहिलो प्राथमिकता भएकोले कर्णालीको बेरुजुको समस्या घटाउनु पनि सबैको दायीत्व भएको उहाँको भनाइ छ । कामको क्रममा आईपर्ने तमाम् समस्याहरु टिममा मिलेर समाधान गर्न सकिने उहाँको भनाइ छ । उहाँले बर्षाले बिगारेका ग्रामीण सडकहरु दसै अगाडी नै मर्मत गरिसक्न समेत निर्देशन दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति