नेभिगेशन
राजनीति

काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका

सम्झौता भन्दा दश महिना अघि तयार भयो तिल्चाखोलाको  मोटरेवल पुल  

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले काम नगर्ने, योजना निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई छुट नदिने बताउनुभएको छ । 

बुधबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ४ जोड्ने तिल्चा खोलामा निर्मित मोटरेबल पुलको उद्घाटन गर्नुहुँदै मन्त्री रोकाले विकास निर्माणका आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । तिल्ला खोलाको पुल समयअगावै काम सम्पन्न गरेको भन्दै मन्त्री रोकाले निर्माण व्यवसायीलार्ई धन्यवाद दिनुभयो । 

मन्त्री रोकाले आफ्नै गृहजिल्लामा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिनुभयो । उहाँले पहिलो चरणमा निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गरिने र त्यसपछि पनि काम अघि नबढाए ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने बताउनुभयो ।

कर्णाली प्रदेशमा रहेका १९ वटा रुग्ण आयोजनामध्ये रुकुम पश्चिममा पनि एउटा आयोजना रुग्ण अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो । रुकुम पश्चिमको छेडावगर पक्की पुल निर्माण आयोजना रुग्ण अवस्थामा रहेको बताउँदै उहाँले उक्त आयोजनाको ठेक्का २०७८ असार २४ गते सम्झौता भएको र निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०८३ वैशाख २८ गते सकिएको पनि कामले गति नलिएको बताउनुभयो ।

रुग्ण आयोजनाका विषयमा मन्त्रालय गम्भीर रूपमा लागेको भन्दै मन्त्री रोकाले अब काम नगर्ने निर्माण व्यवसायीलाई छुट नदिइने स्पष्ट पार्नुभयो ।  काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई आवश्यक प्रक्रियामार्फत कारबाही गरिने बताउनुभयो ।

825266384_122112273525478365_5769567512855887804_n-1790784663.jpgनिर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएपछि बुधबार पुलको उद्घाटन गरिएको गरिएको हो । पुल निर्माणका लागि २०८२ साल असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुपर्ने २०८४ साल असार २० गते रहे पनि निर्माण व्यवसायीले २०८३ साल असोज ८ गते नै काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय चौरजहारीले जनाएको छ ।

पुल निर्धारित समयभन्दा करिब १० महिनाअघि नै निर्माण सम्पन्न भएको हो । पुल निर्माणको जिम्मा ज्वालामुखी÷हिमशिखर हिरा जेभी, काठमाडौं–१०, नयाँबानेश्वरले लिएको थियो ।

पुल उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव अर्जुनकुमार बमले केही निर्माण कम्पनीहरुका कारण कर्णाली प्रदेशमा विभिन्न १९ वटा योजनाहरु रग्ण भएको बताउँदै समयअगाबै काम सम्पन गर्ने निर्माण कम्पनीलाइ धन्यवाद ज्ञापन गुुर्नभयो ।

यहाँ समय अगावै काम सम्पन्न भएको छ त्यसमा मन्त्रालयको तर्फबाट धन्यावाद छ, अन्य काम अलपत्र पार्ने निर्माण व्यवसायिलाई भने मन्त्रालयले गम्भीर रुपमा लिएको छ उहाँले भन्नुभयो । केहि समयभित्र ति आयोजनाहरुको काम नगर्ने पार्ने निर्माण व्यवसायिसँग छलफल समेत गरिने उहाँको भनाइ थियो ।

पुल निर्माण सम्पन्न भएपछि बाँफीकोट गाउँपालिका –३ र ४ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको  छ । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रोका, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का, पूर्व मन्त्री महेन्द्र केसी, जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति