नेभिगेशन
राष्ट्रिय

डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी र थुनुवा

डोल्पा कारागारबाट छ जना कैदीबन्दी र दुई जना थुनुवा फरार भएका छन् । ठुलीभेरी नगरपालिका ३ दुनैस्थित जिल्ला कारागारबाट आज बिहान २ बजे सुरुङ खनेर उनीहरु फरार भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिलराज गिरीका अनुसार छ जना कैदी र दुई जना थुनुवा कारागारको पर्खालमुनिबाट सुरुङ खनेर फरार रहेका छन् । चार मिटर ६३ सेन्टीमिटर लामो सुरुङ खनेर आठ जना भागेको डिएसपी गिरीले जानकारी दिनुभयो ।

फरार रहेका कैदीबन्दीहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० निवासी जबरजस्ती करणी मुद्धाका राम बिक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ घर भएका जबरजस्ती करणी मुद्धाका कालिप्रसाद रोकाया, त्रिपुरा सुन्दरी ४ घर भएका जबरजस्ती करणी मुद्धाका धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका ५ घर भएका जबरजस्ती करणी मुद्धाका रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका १ घर भएका जबरजस्ती करणी मुद्धाका यज्ञ बिक र जाजरकोटको नलगाड नगरपालिका ९ घर भएका चोरी मुद्धाका कैलाश भन्ने कपिल परियार रहेका छन् । 

त्यसैगरी पुर्पक्षको लागि थुनुमा रहेको अन्य दुई जना पनि फरार रहेका छन् । फरार हुनेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ घर भएका चोरी मुद्धाका तिलक भण्डारीर आठबिसकोट नगरपालिका ३ घर भएका चोरी मुद्धाका आदेश भण्डारी रहेका छन् । 

फरार भएकाहरुको खोजी कार्यका लागि प्रहरी परिचालन भएको डिएसपी गिरीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय