नेभिगेशन
राजनीति

गृहनगरका मतदाता भेटेर उत्साहित अनल, जनभेटघाट उल्लाहपूर्ण बनेको ठहर

फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका गोपाल शर्मा 'अनल'ले गृहनगर चौरजहारीमा एक चरणको जनभेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको बताउनुभएको छ । 

चौरजहारी नगरपालिका -५ निवासी शर्माले गत शुक्रबारबाट चौरजहारीमा घरदैलो अभियान सुरुवात गर्नुभएको थियो । आफ्नै गृह नगरका विभिन्न वडाहरुमा पुगेर जनभेट गर्नुभएका शर्माले सोचे भन्दा उत्साहपुर्ण रुपमा कार्यक्रम भईरहेको प्रतिक्रिया दिनुभएको छ । 

उम्मेदवारी दर्तापछि निरन्तर घरदैलो अभियानमा रहनुभएका उम्मेदवार शर्माले घरदैलो अभियानको २१ औं दिनमा चौरजहारीका वडा नम्वर १३ र १४ मा जनभेटघाट सम्पन्न गरेको जनाउनुभयो । 

माघ २३ गते पार्टीका नेता तथा कार्यकर्ताको साथमा चौरजहारीको वडा नम्वर १, २ र ३ मा जनभेटघाट कार्यक्रम सुरु गर्दा स्थानीयले बाजागाजा र र्‍यालीसहित स्वागत समेत गरेका थिए । 

उम्मेदवार शर्माले नगरवासीहरुको न्यानो स्वागत, आत्मीय माया र अमूल्य शुभेच्छाले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । 

नेकपाले यसअघी जिल्लाको मुसीकोट नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकामा पनि उम्मेदवारसहितको जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अब त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिकामा घरदैलो अभियानमा केन्द्रित हुने बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्