नेभिगेशन
राजनीति

चुहावट र भ्रष्टाचारलाई रोक्ने मेरो पहिलो मुद्धा हो : नन्दराम देवकोटा

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवारी दिनुभएका नेकपा (एमाले) का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले चुहावट र भ्रष्टाचारलाई रोक्नु नै आफ्नो पहिलो मुद्धा हुने बताउनुभएको छ । 

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तापछि देवकोटाले भ्रष्टाचारका बिरुद्ध, सुशासनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको जनाउनुभयो । 

उहाँले रुकुमेली जनताको हितको पक्षमा र समग्र मुलुकको हितका पक्षमा काम गर्न आफूले निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो । 

विविधताहरुको संरक्षण र विभेदको अन्त्य आफ्नो योजना रहेको उहाँले उल्लेख बताउनुभयो । समाजमा व्याप्त जातिय, वर्षिय, भौगोलिक तथा सबै खालका विभेद अन्त्य गरेर मलुकलाई समृद्ध र जिल्लालाई समृद्ध बनाउनका लागि आफूले काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ । 

जनताका अपेक्षाहरु आवश्यकताको आधारमा पुरा गर्दै विकासलाई अगाडी बढाउन आफुले उम्मेदवारी दिएको देवकोटाले प्रष्ट पार्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति