नेभिगेशन
राजनीति

उम्मेदवारी दर्तापछि जनार्दनले भने  ‘यो मेरो अन्तिम उम्मेदवारी हो, अधुरा काम यस पटक पुरा गर्छु’

प्रगतीशिल लोकतान्त्रिक पार्टीका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले यस पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवारी अन्तिम रहेको बताउनुभएको छ ।

मंगलबार मृख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएका शर्माले विगतमा जिल्ला र राष्ट्रहितका पक्षमा आफूले बनाएका योजना र चालेका कदमहरु पुरा हुन बाँकि रहेकोले यस पटक पुरा गर्नेगरी चुनावमा होलिएको उहाँले जनाउनुभयो । 

आफ्नो साथमा जनता भएकोले आफूलाई जित र हारको चिन्ता नभएको उहाँले बताउनुभएको छ । मलाई २०६४ पछिका चुनावदेखि नै रुकुमका जनताले औधी माया गरेर जिताउँदै आएको र फेरिएको वर्तमान अवस्थामा आफ्नो आवश्यकता रहेकोले उम्मेदवारी दिएको शर्माले प्रष्ट पार्नुभयो । 

उहाँले जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, सांस्कृतिक उत्थान, सामाजिक न्याय देखि समग्र पूर्वाधारका क्षेत्रमा धेरै नै काम भएको र अब त्यसलाई नयाँ शिराबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

शर्माले रुकुम विकासको नयाँ मोडल आफूसँग रहेको र सोही अनुसार काम हुने दाबी गर्नुभयो । चुनावमै सन्दर्भमा प्रचण्डलाई ईंगित गर्दै टुरिस्ट उम्मेदवार भएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मलाई विचलित भयो भन्नेहरू नै आज टुरिस्ट उम्मेदवार बनेका छन् । मैले हेलिकोप्टरमार्फट डोजर लिएर बनाइदिएको रुकुम पूर्वमा आएर चुनाव लड्दै छन् । निर्वाचन क्षेत्र चाहर्दै हिड्नेहरु पो विचलित भएका छन् । म त मेरै क्षेत्रमा छु, म विचलित भएको छैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति