नेभिगेशन
राजनीति

प्रचण्डले रुकुममै आएर दिए गोपाल शर्मालाई उम्मेदवारको टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमबाट नेता गोपाल शर्मालाई आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र (टिकट) प्रदान गरेको छ । 

सोमबार रुकुम पश्चिम आउनुभएका पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उम्मेदवारका लागि मनोनय गरेको औपचारिक पत्र प्रदान गर्नुभएको हो । मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति प्रतिष्ठानमा पत्र प्रदान गरिएको हो । 

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने तयारी रहेको छ । भोली माघ ६ गते मनोनयन दर्ताको दिन रहेकोले रुकुम पूर्व जाने क्रममा उहाँ रुकुम पश्चिम आउनुभएको बेला शर्मालाई मनोनयन पत्र प्रदान गर्नुभएको पार्टीका केन्द्रिय सदस्य बसन्त कुमार शर्माले जानकारी दिनुभयो । 

भोली मनोनयन दर्ता गरेर पार्टीका सबै गतिविधि निर्वाचन लक्षित गरिने केन्द्रिय सदस्य शर्माले जानकारी दिनुभयो । गोपाल शर्मालाई जिल्ला पार्टीले उम्मेदवारको लागि एकल सिफारिस गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति