नेभिगेशन
राजनीति

चौरजहारीका ५ वडामा प्रलोपाको भेला सम्पन्न, वडा वडामा नयाँ कमिटी 

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पाँच वटा वडामा भेला सम्पन्न गरेको छ । 

वडास्तरबाटै संगठन निर्माणमा जुटेको प्रलोपाले चौरजहारी नगरपालिकाका वडा नम्वर ५, १०, ११, १३ र १४ मा वडा भेला सम्पन्न गरेको हो । भेलाबाट वडा कमिटी समेत निर्माण गरिएको छ । 

प्रलोपाका कर्णाली प्रदेश कमिटी सदस्य तथा रुकुम पश्चिमका प्रगतिशिल युवा स्वयंसेवक संयोजक एलबी कटुवालका अनुसार भेलाबाट वडा नम्बर १० मा गोपाल बटालाको अध्यक्षतामा वडा कमिटी निर्माण भएको छ ।

त्यसैगरी वडा नम्बर ११ वीर बहादुर ओली, वडा नम्बर १३ मा तिलक ओली र वडा नम्वर १४ खगेन्द्र राणाको अध्यक्षतामा वडा कमिटी चयन भएको छ । वडा नम्वर १२ मा रणबहादुर ओलीको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति निर्माण भएको छ । 

बिहिबार वडा नम्वर ५ मा भएको भेलाबाट बीरबहादुर नेपालीको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी गठन भएको युजा नेता कटुवालले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा रमेश बिक र महेश ओली, सचिवमा दिपक नेपाली, सहसचिवमा तारा ओली र कोषाध्यक्षमा समिक्षा कटुवाल चयन हुनुभएको छ । सबै वडाहरुमा यहि महिनाभित्र भेलाहरु सम्पन्न गर्ने लक्ष्य रहेको प्रलोपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति