नेभिगेशन
राजनीति

मुसिकोटमा नेपाली कम्युनिष्ट पार्टी सम्हाल्दै बसन्त र अनिल

आईतबार नेपाली कम्युनिष्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) मुसिकोट नगर समिति रुकुम पश्चिमको प्रथम विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ । 

बैठकले साविक माओवादी केन्द्रका नगर उपाध्यक्ष धनबहादुर खड्का (बसन्त)लाई नगर अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । 

गत वर्षको पुसमा भएको तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष दलबहादुर खड्का लगायतका केहि पदाधिकारी र सदस्यहरु प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएपछि पदाधिकारीहरु हेरफेर गरिएको बताईएको छ । माओवादी केन्द्र बाम ध्रुविकरण र एकताको लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण भएपछि उक्त पार्टीको लाईनमा रहेका पदाधिकारी तथा सदस्यहरुको बैठकले नगर समितिका पदाधिकारीहरु हेरफेर गरेको हो । 

साविक माओवादी केन्द्रका जिल्ला संयोजक सचिन रोकाका अनुसार नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु मध्य दुई तिहाईभन्दा बढी नगर समिति सदस्यहरुसहित अगुवा नेता कार्यकर्ताहरुको भेलाबाट नगर समितिको पदाधिकारीहरु हेरफेर गरिएको हो । जसको उपाध्यक्षमा तोकबहादुर खत्री, चम्फा परियार र कमला पुन चयन हुनुभएको छ । त्यसैगरी सचिवको जिम्मेवारी अनिल बुढामगरले प्राप्त गर्नुभएको छ । 

त्यसैगरी सहसचिवमा ललिता सिर्पाली र कोषाध्यक्षमा रचना पुन चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनुभएका खड्काले ५५ जनाको साबिक नगर समितिमा ४२ जना पदाधिकारी तथा सदस्यहरु नेपाली कम्युनिष्ट पार्टीको लाईनमा रहेको दाबी गर्नुभयो । 

उहाँले पछिल्लो घटनाक्रमबाट निराश नहुन र आफूहरु विकास र समृद्धिको पक्षमा जनताकै साथमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

585286544_25714221994851524_4204172008869242249_n-1763307984.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति