नेभिगेशन
राजनीति

आठबिसकोटमा जेन-जीहरुको संगठन निर्माण, संयोजकमा दिपेन्द्र चयन

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा स्वतन्त्र युवाहरुको भेलाले जेन-जी संगठन निर्माण गरेको छ । 

आईतबार राडी बजारमा भएको युवाहरुको भेलाले दिपेन्द्र बिसीको संयोजकत्वमा १२ सदस्यीय नगरस्तरिय जेन-जी संगठन निर्माण गरेको हो । 

जेनजी समुह रुकुम पश्चिमका जिल्ला संयोजक बिजय अधिकारीकाे मुख्य उपस्थितिमा भएकाे भेलाबाट आठबिसकोटको नगर सह संयोजकमा विकास ओली (रमेश) र विभिन्न वडाहरुबाट प्रतिनिधित्व हुने गरेर सदस्यहरु चयन गरिएको छ । 

सदस्यहरुमा कृष्ण विश्वकर्मा, कमल बिक, दलबहादुर सेर्पाली, नविन जंग शाह, समर्पण लामिछाने, गोपाल बिक, मनोज नेपाली, गोपाल थापा र सुवास थापा रहेका छन् । सल्लाहकारमा अजय चन्द, रत्न चन्द र सुरेन्द्र बस्याल रहनु भएको जिल्ला संयोजक अधिकारीले जानकारी दिनुुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्