नेभिगेशन
राजनीति

रास्वपा रूकुम पूर्वको सभापतिमा लखन थापा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पूर्व जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ।

शनिबार रुकुमकोटमा भएको भेलाले लखन कुमार थापालाई जिल्ला सभापति चयन गरेको छ । 

रास्वपा रूकुम पश्चिमका सभापति मान बहादुर शाहीका अनुसार थापाको सभापतित्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । जिल्ला समितिको सचिवमा डिल बहादुर खड्का चयन हुनुभएको छ । 

त्यसैगरी जिल्ला सदस्यहरूमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही मल्ल, बसन्त कुमार श्रेष्ठ र अञ्चल मल्ल चयन हुनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्