नेभिगेशन
राजनीति

चौरजहारीमा माओवादीको दुई दिने स्कुलिङ सम्पन्न

रुकुम पश्चिमको चौरजहारीमा नेकपा (माओवादी केन्द्र) ले दुई दिने स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । 

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुकुम पश्चिमको पहलमा जिल्लाका ६ वटै पालिकामा सञ्चालन गरिरहेको स्कुलिङ कार्यक्रम अन्तर्गत चौरजहारी नगर समितिको आयोजनामा भदौ १५ र १६ गते स्कुलिङ कार्यक्रम सम्पन्न भएको हो । 

पार्टीका नगर अध्यक्ष मोति पोखरेलका अनुसार कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वैज्ञानिक समाजवाद, दर्शन, राजनीतिक अर्थशास्त्र, सूचना प्रविधि लगायतका राजनीतिक र वैचारिक विषयमा प्रशिक्षण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 

पार्टीका केन्द्रीय सदस्यहरू बसन्त शर्मा, गोपाल शर्मा, जिल्ला स्कुलिङ विभागका महेन्द्र केसी, धर्म बहादुर केसी (जिज्ञासु) गोबिन्द रोका, धर्म बहादुर केही (शिशुपाल) लगायतका प्रशिक्षकहरूले करिब १३ वटा कक्षामार्फत  प्रशिक्षण दिनुभएको बताईएको छ ।  

स्कुलिङमा वडा तथा नगर समिति, जिल्ला समन्वय समिति तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो। स्कुलिङ कार्यक्रमले कार्यकर्ताहरूमा वैचारिक स्पष्टता, राजनीतिक दृष्टिकोण र सांगठनिक जिम्मेवारीप्रति थप जागरूकता ल्याउने प्रतिक्रिया रहेको छ । 

541009422_4013776362172233_6204899748730792406_n-1756830670.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्