नेभिगेशन
राजनीति

नेकपा रुकुमका संस्थापक शर्माको २३औ स्मृति दिवस मनाईयो

रुकुममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गर्ने स्व. स्कन्द शर्माको २३औँ स्मृति दिवस मनाइएको छ । 

बुधबार मुसिकोट नगरपालिका -५ सेरीगाउँस्थित सहिद प्रतिष्ठानमा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले स्मृति दिवस मनाएको हो । सो अवसरमा स्वर्गीय स्कन्द शर्माको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको योगदानको चर्चा गरिएको छ ।   

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग सदस्य देवीलाल गौतमले २०२९ सालमा नेकपाको पहिलो जिल्ला अधिभवेशनबाट स्कन्द शर्मा अध्यक्षमा चयन हुनुभएको र उहाँकै अगुवाईमा रुकुममा पार्टी निर्माणको अभियान सशक्त पारिएको बताउनुभयो । उहाँले तत्कालिन अवस्थामा ढुंगाको कुर्सी र चुत्राको झाडिमा ब्यानर टाँसेर अधिवेशन गर्एिको स्मरण गर्नुभयो । 

गौतमले २०२२ सालमा चार जना सदस्यबाट नेकपा सुरु गर्दा स्कन्द प्रमुख पात्र रहेको उल्लेख गर्नुभयो । पार्टीको इतिहास र संस्थापकको योगदानलाई कदर गरेर अगाढि बढ्न आवश्यक रहेको उहाँको भनाई छ । गौतमले शर्माकै प्रेरणाले हजारौ कार्यकर्ताहरु एक ढिक्का भएर कम्यूनिष्ट आन्दोलनमा लागिरहेको जनाउनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द रोका सचिनले विगतमा स्कन्द शर्मा लगायतले निर्माण गरेको पार्टी वर्तमानमा आफुहरुले गर्वका साथ चलाईरहेको बताउनुभयो । उहाँले अघिल्लो पुस्तालाई सम्मान गर्दै उहाँहरुको योगदानको सधै कदर गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अग्रजलाई उछिन्ने, अनुशासन बाहिर गएर प्रस्तुत हुन खोज्ने गतिविधिहरु हुने गरेको उल्लेख गर्नुहुँदै रोकाले धैर्य, लगनशलिन र अनुशासित भएर पार्टीलाई थप उचाईमा लैजान सकिने बताउनुभयो । 

कार्यक्रममा केन्द्रीय निर्वाचन आयोग सदस्य देवीलाल गौतमसहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका, माओवादी नेता बुद्धिप्रसाद गौतम, पार्टीका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, वाइसीयल, विद्यार्थी तथा पार्टी निकट अन्य पेसागत तथा जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

83530ad6-6928-45a4-a5a2-52d32c2aa321-1738154253.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्