नेभिगेशन
राजनीति

निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा झाँक्रि चयन

नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा भिमबहादुर झाँक्रि मगर चयन हुनुभएको छ । शनिबार रुकुमकोटमा भएको तेस्रो जिल्ला अधिवेशनबाट झाँक्रिको अध्यक्षतामा पछि एक सदस्य थप गर्नेगरी १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।  

कार्यसमितिको खुला उपाध्यक्षमा घनश्याम केसी र महिला उपाध्यक्षमा सृष्टि कोईराला, सचिवमा कमल पौडेल, सहसचिवमा रामप्रसाद खड्का र कोषाध्यक्षमा डम्बर बाहादुर सुनार निर्विरोध चयन हुनुभएको छ । 

यसैगरी संगठनको सदस्यहरुमा विवेक केसी, विरभान बोहरा, सुरज गौतम, बलबहादुर केसी, पुर्ण बिएम, जमुना गुरुङ, भावना ओली, प्रतिभा खड्का, मिराज पुन, डिल कुमार बिक, रमेश बुढा र कमल खड्का चयन हुनुभएको छ । 

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा हर्कबहादुर शाही र याचना गौतमलाई छनौट गरेको छ भने प्रदेश प्रतिनिधिमा दलबहादुर खड्का र धनिशा पुनलाई चयन गरेको छ । 

अधिवेशन आयोजक कमिटीका संयोजक हर्कबहादुर शाहीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले रुकुम पूर्वका कार्यवाहक अध्यक्ष गोपाल रेउलेको प्रमुख आतिथ्यता रहेको थियो भने संगठनका केन्द्रिय सदस्यहरु शंकर भट्टराई, जसबिर खत्री, झुप बहादुर शाही र लुम्बिनी प्रदेश सचिव जयराम खड्काको बिशेष आतिथ्यता रहेको थियो । 

fe36f146-800e-4134-8975-1c0468937126-1737810634.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

ओली वंशहरु रुकुममा एकजुट