एमाले सानीभेरीको अध्यक्षमा लोकबहादुर विजयी

आइतबार, जेठ १३, २०८१

नेकपा (एमाले)  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्षमा लोकबहादुर खड्का निर्वाचित हुनुभएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनको आईतबार भएको मतदान प्रक्रियाबाट ४५ मतका साथ खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

२९ सदस्यीय गाउँ कमिटीको उपाध्यक्षमा विरभान ओली, सचिवमा धर्मबहादुर खड्का, उपसचिवमा बलाराम कुसारी र समावेशी उपसचिवमा खिमा खड्का निर्वाचित हुनुभएको नव निर्वाचित उपाध्यक्ष ओलीले जानकारी दिनुभयो।  अध्यक्ष बाहेक अन्य पदहरुमा भने सर्वसम्मत कमिटी चयन गरिएको छ । 

अध्यक्ष पदका लागि २ जना उम्मेदवारले दाबी पेश गरेपछि उक्त पदका लागि मात्रै निर्वाचन भएको थियो । निर्वाचनका लागि १०० जना पार्टी सदस्य बराबर २० जना प्रतिनिधि मतदाता कायम गरीएको थियो ।

कुल ९३ जना मतदाता कायम भएपनि ३० जना अनुपस्थित भएपछि ६३ जना मतदाताले मतदान प्रकृयामा भाग लिएका थिए थिए । जसमध्य २ मत बदर भएको उपाध्यक्ष ओलीले जानकारी दिनुभयो । मतदानबाट लोकबहादुर खड्काले ४५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उहाँ प्रतिद्वन्द्वी डबलसिं विकले १६ मत प्राप्त गर्नुभएको थियो ।

दोस्रो अधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य टंक ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश कमिटि सदस्य गणेश चिन्तन, जिल्ला अध्यक्ष नन्दराम देवकोटा  लगाएतको विशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्