बाँफिकोटमा एमालेको गाउँ कमिटी सर्वसम्मत चयन

शनिबार, जेठ ५, २०८१

रुकुम पश्चिम । नेकपा (एमाले) बाँफिकोट गाउँ कमिटिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । 

शनिबार सम्पन्न गाउँ कमिटीको दोस्रो अधिवेशनबाट भुपलाल के.सी.को अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको हो । 

कमिटीको उपाध्यक्षमा बिरेन्द्र रिजाल, सचिवमा निराजन कुमार दाहाल, उपसचिवमा मन प्रसाद शर्मा र सरिता पौडेल चयन हुनुभएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य तथा नेकपा (एमाले) चौरजहारी नगर कमिटीको ईन्चार्ज गंगाराम रोकाय (जोन आरसी)ले  जानकारी दिनुभयो । 

उहाँका अनुसार केसीको अध्यक्षमा २५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत निर्वाचित भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्