एमाले आठविसकोटको अध्यक्षमा दिनेश चन्द विजयी

शनिबार, जेठ ५, २०८१

रुकुम पश्चिम । नेकपा (एमाले) आठविसकोट नगर कमिटीको अध्यक्षमा दिनेश चन्द विजयी हुनुभएको छ । 

शनिबार भएको मतदान अनुसार चन्दले ७९ मत ल्याएर नगर कमिटीको अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नवराज मल्लले १२ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलका संयोजक हेमराज पुनले जानकारी दिनुभयो । 

शुक्रबार नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन भएको थियो । नयाँ कमिटी चयनको लागि सहमति जुट्न नसक्दा शनिबार मतदान भएको हाे । मतदानबाट ४९ सदस्यीय नगर कमिटी चयन गरिएको पुनले बताउनुभयो । 

मत परिणाम अनुसार उपाध्यक्षमा ६१ मत ल्याएर मानबहादुर पुरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी धीरेन्द्रजंग शाहले २७ ल्याउनुभएको बताईएको छ । 

त्यसैगरी सचिवमा ७३ मतका साथ देवीप्रसाद शर्मा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी गोकर्ण शाहीले १४ मत प्राप्त गर्नुभएको छ । 

उप सचिवमा भने हरिप्रसाद शर्मा कपिल र भवानी मल्ल निर्विरोध चयन हुनुभएको छ । अन्य सदस्यहरु समेत निर्विरोध निर्वाचित हुनुभएको जनाईएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्